सी नआउने भएपछि बाइडेन निराश
वासिङ्टन । चिनियाँ समकक्षी सी जिनपिङले भारतमा हुने आगामी जी–२० सम्मेलनमा भाग नलिने निर्णय गरेकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश भएको बताएका छन् । यो हप्ता नयाँ दिल्लीमा सुरु हुने सम्मेलनमा सीको स्थानमा प्रधानमन्त्री ली छ्याङले बेइजिङको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।
‘म निराश छु...तर म उनीसँग भेट्नेछु,’ बाइडेनले आइतबार पत्रकारहरूसँग भने । यद्यपि, उनले सीसँगको भेट कहिले हुन्छ भनेर चाहिँ खुलाएनन् । सी र बाइडेनबीच नोभेम्बरमा सान फ्रान्सिस्कोमा हुने एसिया प्यासेफिक इकोनोमिक कोओपरेसनमा भेट हुन सक्नेछ । पछिल्लो पटक दुई नेताबीच इन्डोनेसियामा आयोजित सम्मेलनमा गत वर्ष भेट भएको थियो ।
यसअघि राष्ट्रपति सीले भारत हुने सम्मेलनमा जाने बताएका थिए । तर, गत बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयले सीको भ्रमणबारे पुष्टि गर्न चाहेन । सीनिकट स्रोतले भने उनी सम्मेलनमा भाग नलिने बताएको बीबीसीको समाचारमा उल्लेख छ ।
चीन र भारतबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । सीमा विवादबीच बेइजिङले गत हप्ता जारी गरेको नक्सामा अरुणाचल प्रदेश र अस्काई चीनलाई आफ्नो भूभागमा समेटेपछि भारत थप रुष्ट बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण