सी नआउने भएपछि बाइडेन निराश

वासिङ्टन । चिनियाँ समकक्षी सी जिनपिङले भारतमा हुने आगामी जी–२० सम्मेलनमा भाग नलिने निर्णय गरेकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश भएको बताएका छन् । यो हप्ता नयाँ दिल्लीमा सुरु हुने सम्मेलनमा सीको स्थानमा प्रधानमन्त्री ली छ्याङले बेइजिङको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।
‘म निराश छु...तर म उनीसँग भेट्नेछु,’ बाइडेनले आइतबार पत्रकारहरूसँग भने । यद्यपि, उनले सीसँगको भेट कहिले हुन्छ भनेर चाहिँ खुलाएनन् । सी र बाइडेनबीच नोभेम्बरमा सान फ्रान्सिस्कोमा हुने एसिया प्यासेफिक इकोनोमिक कोओपरेसनमा भेट हुन सक्नेछ । पछिल्लो पटक दुई नेताबीच इन्डोनेसियामा आयोजित सम्मेलनमा गत वर्ष भेट भएको थियो ।
यसअघि राष्ट्रपति सीले भारत हुने सम्मेलनमा जाने बताएका थिए । तर, गत बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयले सीको भ्रमणबारे पुष्टि गर्न चाहेन । सीनिकट स्रोतले भने उनी सम्मेलनमा भाग नलिने बताएको बीबीसीको समाचारमा उल्लेख छ ।
चीन र भारतबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । सीमा विवादबीच बेइजिङले गत हप्ता जारी गरेको नक्सामा अरुणाचल प्रदेश र अस्काई चीनलाई आफ्नो भूभागमा समेटेपछि भारत थप रुष्ट बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश