सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

रेखाले आगामी नयाँ वर्षमा दर्शकलाई उपहार दिने

सोमबार, १८ भदौ २०८०, १२ : ०९
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म ‘उपहार’ आगामी नयाँ बर्षमा रिलिज हुने भएको छ । निर्देशक देउजाले फिल्म २०८१ को छेको पारेर रिलिज हुने जानकारी दिए । 

केही अगाडि पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु भएको फिल्मको अहिले काठमाडौँका बिभिन्न स्थानमा छायांकन जारी छ । रेखा फिल्मस् र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ४० दिनको सेड्युल सहित फ्लोरमा निस्किएको हो ।

फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापा लगायतका कलाकारको अभिनय रहेनछ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पितको छायांकन र रोशन श्रेष्ठको एक्सन रहने फिल्ममा देव गुरुङको सम्पादन छ । 

फिल्मको बितरण जिम्मा उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप