‘डिग्री माइला’मा आँचल अनुबन्धित
काठमाडौँ । रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्देशक गुरुङले फिल्ममा आँचललाई दयाहाङ राईको जोडीको रुपमा लिन लागेको बताए ।
फिल्ममा आँचल भित्रिएसँगै कलाकार छनौट सकिएको छ । फिल्ममा दयाहाङ र आँचलको अलवा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेको अभिनय रहनेछ ।
फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित रहेर निर्माण हुन लागेको हो । शैक्षिक बेरोजगारलाई व्यङ्ग्य फिल्मले गर्छ । फिल्मको छायाङ्कन दुई चरणमा हुने भएको छ । पहिलो चरणको छायाङ्कन असोज १ गतेदेखि दोस्रो चरणको छायाङ्कन मङ्सिर १ गतेदेखि सुरु हुने बताइन्छ ।
फिल्मलाई २०८१ सालको वैशाख १ गते रिलिज गर्ने बाँसुरी फिल्मस्ले जनाएको छ । ‘डिग्री माइला’पछि निर्देशक रामबाबु ‘कबड्डी ५’को निर्देशनमा जुट्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण