‘डिग्री माइला’मा आँचल अनुबन्धित

काठमाडौँ । रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्देशक गुरुङले फिल्ममा आँचललाई दयाहाङ राईको जोडीको रुपमा लिन लागेको बताए ।
फिल्ममा आँचल भित्रिएसँगै कलाकार छनौट सकिएको छ । फिल्ममा दयाहाङ र आँचलको अलवा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेको अभिनय रहनेछ ।
फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित रहेर निर्माण हुन लागेको हो । शैक्षिक बेरोजगारलाई व्यङ्ग्य फिल्मले गर्छ । फिल्मको छायाङ्कन दुई चरणमा हुने भएको छ । पहिलो चरणको छायाङ्कन असोज १ गतेदेखि दोस्रो चरणको छायाङ्कन मङ्सिर १ गतेदेखि सुरु हुने बताइन्छ ।
फिल्मलाई २०८१ सालको वैशाख १ गते रिलिज गर्ने बाँसुरी फिल्मस्ले जनाएको छ । ‘डिग्री माइला’पछि निर्देशक रामबाबु ‘कबड्डी ५’को निर्देशनमा जुट्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी