म्यानमार जाने राष्ट्रिय फुटबल टोलीको विदाइ
काठमाडौँ । आयोजक राष्ट्रसँग मैत्रीपूर्ण फुटबल खेल्न म्यानमार जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरएिको छ । नेपाली फुटबलको नेतृत्वदायी नकिाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीलाई विदाइ गरेको हो ।
ललितपुरको सातदोबाटोस्थति एन्फा कार्यालय परसिरमा आयोजति कार्यक्रममा एन्फाका अध्यक्ष पंकजबक्रिम नेम्वाङले सफलताको शुभकामनासहति टोलीलाई विदाइ गरे । एन्फाले आइतबार म्यानमारवरिुद्द दुईवटा मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।
नेपालले म्यानमारसँग सेप्टेम्बर ८ मा पहलिो र सेप्टेम्बर ११ तारखिमा दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । ती दुबै खेल म्यानमारको याङ्गुनमा खेल्ने छ । उक्त खेलमा लागि घोषित नेपाली टोलीको गोलरक्षकमा करणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् ।
घोषित नेपाली टोलीको डिफेन्डरमा सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई र छरिङि लामा रहेका छन् । मिडफल्डिरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवाश लामिछाने, उत्सव राई र कृतषरत्न छुन्जु रहेका छन् । स्ट्राइकरमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन बष्टि, मनिष डांगी, आशिष चौधरी, जिलस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहेका छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा भनिसेन्जो अल्बर्टो रहेका छन् । टोलीका अन्य पदाधिकारीमा प्रवेश कट्वाल, विनोद महर्जन, उत्तम राजभण्डारी, आविष्कार पुडासैनी, दीपेन्द्र धिमाल, विकास गुरुङ, सुवाष लामा र अनिल मल्ल ठकुरी रहेका छन् ।
नेपालले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२७ मा आयोजना हुने एएफसी एसयिन कपको छनोटको प्रारम्भकि चरणको तयारीका लागी म्यानमारसँग मैत्रीपूण खेल खेल्न लागेको हो । नेपालले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण