सहमति नजुटेपछि बागमती प्रदेशसभा बैठक ४ बजेका लागि सारियो
सोमबार, १८ भदौ २०८०, १५ : ४९
मकवानपुर । सोमबारका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक विपक्षी दलहरुका कारण बस्न सकेको छैन । दिउँसो साढे एक बजेका लागि बोलाइएको बैठक ४ बजे बस्ने गरी सारिएको छ ।
नेकपा एमाले लगायत विपक्षी दलहरुले आफूसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै बैठक सञ्चालन हुन नदिने अडान लिएका छन् । जसका कारण साढे एक बजे बस्ने भनिएको बैठक रोकिएको हो ।
त्यसपछि ४ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । अहिले सत्ता पक्ष र विपक्षीबिच छलफल भइरहेको छ ।
यसअघि बजेटका विषयमा विपक्षी दलहरुले आपत्ति जनाउँदै आएका थिए । विपक्षीको विरोधपछि सत्ता पक्षले बजेटमा विपक्षी दलहरुले दिएका योजना पनि समेट्ने सहमति गरेका थिए ।
तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै अहिले विपक्षी दलहरुले प्रदेशसभा बैठक सञ्चालन हुन नदिने अडान लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण