जनकपुरमा ट्राफिक लाइट कार्यान्वयनमा, नियम मिच्नेलाई हुनेछ यस्तो जरिवाना
जनकपुरधाम । प्रदेशको राजधानी भएसँगै सवारी साधन व्यवस्थापन गर्न प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिँदै जनकपुरधाममा जडान गरिएको ट्राफिक लाइट सञ्चालन भएको छ ।
जनकपुरधामस्थित मुख्य चोकहरु मुरली चोक, भैरव चोक, जनक चोक, शिव चोक, भानु चोक र रेल्वे स्टेशनमा लगाइएको उक्त लाइटमध्ये केही स्थानका लाइट धनुषा ट्राफिकले सञ्चालनमा ल्याएको हो ।
ट्राफिकले सवारी साधनको बढी चाप हुने स्थान भानु चोक र मुरली चोकमा जडान गरिएको ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो ।
_O0hULje3CU.jpg)
बजार क्षेत्रमा जडान भएर करिब डेढ महिनादेखि सो पिसकै अवस्थामा रहेको सो लाइट सञ्चालनमा ल्याइएको धनुषा ट्राफिक प्रमुख प्रहरी निरीक्षक शेखर साहले जनाए ।
हाललाई लाइट बिहान ९ बजेदेखि साढे ११ र बेलुका साढे ४ देखि ७ बजेसम्म सञ्चालनमा ल्याइएको छ । अवस्था हेरी हेरी राति ८ बजेसम्म पनि लाइट सञ्चालनमा रहने गरेको प्रमुख साहले बताए ।
ट्राफिक प्रमुख साहका अनुसार लाइट जडान भएको सबै ठाउँमा जेब्रा क्रस र स्टपिङ बनाउन करिब २० लाख लाग्न सक्छ । यसका लागि जनकपुरधाम उपमहानगरपालिकासँग समन्वय भइरहेको छ । उनले भने,‘प्रक्रियागत रुपमा जानुपर्ने भएकोले एक दुई महिना लाग्न सक्छ । त्यसपछि सबै ठाउँमा जडान भएको लाइट सञ्चालनमा आउनेछ ।’
‘न्यून जनशक्तिका बाबजुद पनि जनकपुरधाम बजार क्षेत्रमा जडान भएको ट्राफिक लाइट कार्यान्वयन गर्न लागिरहेका छौं,’ ट्राफिक प्रमुख साहले भने, ‘अहिले नयाँ छ । बिस्तारै जनशक्ति व्यवस्थापन पनि होला ।’
_duAEeONJKh.jpg)
‘जडान गरिएको लाइट कार्यान्वयनमा ल्याउँदै गर्दा सवारी चालक तथा सर्वसाधारणहरुले अहिले सबैले ट्राफिक नियम बुझिसकेका छैनन् । त्यसैले अहिले सम्झाई बुझाई भइरहेको छ,’ उनले भने,‘पूर्ण रुपमा कार्यान्वयनमा आईसकेपछि नियमानुसार जरिवाना हुनेछ ।’ सडकमा राखिएको ट्राफिक लाइट पालना नगरेमा एक हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने व्यवस्था रहेको छ ।
प्रदेश सरकारले करिब ९८ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान गरेको हो ।
_YDtYoW1UeY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण