१९ औं एसियाली खेलमा नेपाली कराते खेलाडीको पदक जित्ने लक्ष्य
काठमाडौँ । चीनको हाङझाओमा हुने १९ औं एसियाली खेलकुदमा नेपाली कराते खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेका छन् ।
नेपालको राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराते र बक्सिङलाई हाङ्जाओ एशियाली खेलकुदमा पदक जित्ने सम्भावित खेलको सूचीमा राखेको छ । विप्लवलाल श्रेष्ठ नेतृत्वको टोली अहिले अभ्यासमा व्यस्त रहेको बताइएको छ ।
श्रेष्ठ आफैँ २०१९ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता हुन् । नेपालले गत एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको थिएन । दुई पटक रजत र २२ कास्य पदक भने जितेको थियो । २०१८ को एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत जितेको थियो । अन्य सबै पदक कराते, तेक्वान्दो र बक्सिङमा हासिल गरेको थियो । हाङजाओ एीशयाली खेलकुदको तयारीका लागि नेपालले कराते खेलाडीलाई प्रशिक्षणका लागि बेल्जियम र इण्डोनेशिया पठाएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बताए ।
उनले चीनमा हुने एशियाली खेलकुदमा धेरै खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए । उनले अब केही समयमै आफू चीन आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण