सोलारबत्ती जडानमा गाउँपालिकाका अध्यक्ष र लेखापालले लिए घुस, विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल टेकबहादुर नारायण यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
सोलार बत्ती जडान लगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगले गरेको प्रारम्भिक छानबिनपछि मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार सोलार बत्ती जडान कार्य लगायतका आयोजनाहरुको कार्य सम्पन्न पश्चात गाउँपालिकाबाट रकम भुक्तानी गर्दा गाउँपालिका अध्यक्ष यादव, लेखापाल टेकनारायण र एमआइएस अपरेटर विरेन्द्रकुमार यादवसमेतको मिलेमतोमा सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार लेखापाल टेकनारायण र एमआईएस अपरेटर विरेन्द्रलाई सेवाग्राहीसँग नगद दुई लाख रुपैयाँ घुस लिइसकेको र तीन लाख रुपैयाँको चेकसहित गत साउन ३१ गते नियन्त्रणमा लिइएको थियो ।
आयोगले तीनै जनाविरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवानासहित सजायको मागदाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण