ग्लोबल आईएमई बैंक र जीडब्लुएम नेपालबीच कर्जा प्रवाहबारे समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र भीजी इम्पेक्स प्रा.लि. (जीडब्लुएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अनुसार बैंकले, भीजी इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् ३ कार्य दिन भित्र बैंकले नियमानुसार उचित ठहर्याएका ग्राहकलाई सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।
उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण