अख्तियारको कर्मचारी भन्दै व्यापारीलाई धम्काएर रकम असुली गर्ने दुईजना पक्राउ
मङ्गलबार, १९ भदौ २०८०, १९ : ५४
जनकपुरधाम । अख्तियारको कर्मचारी हौँ भन्दै धम्की दिएर व्यापारीहरूसँग रकम असुल गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
उपमहानगरपालिकाभित्रका ७ वटा पसलहरूमा ‘हामी अख्तियारको कर्मचारी हौँ, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौँ, तपाईँको पसल सिल गर्छौँ’ भन्दै धम्की दिएर उनीहरूले रकम असुल गरेको आरोप छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने हंसपुर नगरपालिका ३ का अनिल सिंह र राहुल सिंह जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ । उनीहरूलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको डिएसपी गौतमले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण