आईएमई पे मार्फत पानी र इन्टरनेट भुक्तानीमा छुट
मङ्गलबार, १९ भदौ २०८०, २० : ५५

काठमाडौँ । डिजिटल वालेट ‘आईएमई पे’ ले हालै सार्वजनिक गरेको ‘Wicket to Win’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ ।
भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे" मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।
सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा ‘WATER’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘INTERNET’ प्रोमो कोड राख्नुपर्नेछ।
अफर अन्तर्गत सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जति चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा