विश्वकपका लागि घोषित अस्ट्रेलियन टोलीमा अनुभवी खेलाडीको बाहुल्यता
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ । गत महिना विश्वकपका लागि अस्ट्रेलियाले १८ सदस्यीय टोलीको घोषणा गरेको थियो । त्यसैमध्येबाट अस्ट्रेलियाले बुधबार १५ सदस्यीय टोली छनोट गरेको हो ।
यसअघि घोषणा गरिएको १८ सदस्यीय टोलीमा रहेका अलराउन्डर एरोन हार्डी, तीव्र गतिका बलर नाथन एलिस र युवा स्पिनर तनविर संघालाई अन्तिम टोलीबाट हटाइएको छ । विश्वकपका लागि घोषित अन्तिम टोलीमा अनुभवी खेलाडीको बाहुल्य रहेको छ ।
टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मार्नस लाबुसचाग्नेलाई पनि विश्वकप टोलीमा समावेश गरिएको छैन । टोलीमा विकेटकिपरका रूपमा एलेक्स केरी र जस इनग्लिसलाई स्थान दिइएको छ । यद्यपि, पहिलो रोजाइको विकेटकिपरमा केरी नै रहेका छन् ।
तीव्र गतिका बलर प्याट कुमिन्सको कप्तानीमा घोषित अस्ट्रेलियन टोलीमा स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, एस्टन अगार, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । विश्वकपमा सहभागी हुनुअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग पाँच खेलको एकदिवसीय शृङ्खला खेल्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण