‘बल्छी ध्रुवे’ र ‘राजु मास्टर’को ‘जुठे’ आजबाट प्रसारण हुने
बुधबार, २० भदौ २०८०, १० : ३६
काठमाडौँ । वान–एक्स बेट प्रकरणमा निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र राजु पौडेल ‘राजु मास्टर’ पक्राउ परेपछि बन्द भएको टेलिचलचित्र ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । टेलिचलचित्र आज बुधबार साँझबाट फेरि नियमित प्रसारणमा आउन लागेको निर्देशक मरिचमान श्रेष्ठले बताए ।
बुधबार ‘जुठे’को १२० औँ भाग प्रसारण हुनेछ । हिमालय टिभीमा प्रसारण हुने टेलिचलचित्र अबदेखि ओएस आर डिजिटलको युट्युबमा ९ बजे आउनेछ । यसअघि ‘जुठे’ मास्टर युट्युब च्यानलबाट प्रसारण हुने गरेको थियो ।
दर्शकहरुले रुचाएको टेलिचलचित्र आफूले किन्न पाउँदा खुसी लागको ओएस आर डिजिटलका ओम प्रकाश अग्रवालले बताए ।
टेलिचलचित्रमा निर्देशकद्धय श्रेष्ठ र पौडेलको अलावा रवि गिरी, विद्या कार्की, मुकुन्द मैनाली, श्रीप्रसाद थापा, शर्मिला शर्मा, रामबाबु रेग्मी लगायतको पनि रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण