साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य : मन्त्री रिजाल
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको कर्तव्य भएको बताएका छन् ।
बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको बताएका हुन् ।
मन्त्री रिजालले उद्यमीहरुको योगदान बिना मुलुक समृद्ध हुन नसक्ने बताए । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी रहेको उल्लेख गरे । उनले नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवर्द्धन गर्ने उद्देश्यले रोजगारी र सीपमूलक तालिमहरु प्रदान गर्दै आएको बताए ।
मन्त्री रिजालले कृषि तथा वनपैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सहयोग गरिरहेको उल्लेख गरे । उनले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पु¥याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरुलाई सहभागिता गराउने कार्य गर्दै आएको दाबी गरे ।
मन्त्री रिजालले साना तथा मझौला उद्यमीहरुलाई प्रवर्द्धन गर्नको लागि नीतिगत सुधार, स्वदेशी वस्तुहरुको प्रवर्द्धन, बजारीकरण र व्यवसायिक सहज वातावरण बनाउन सरकारले कार्ययोजना बनाइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण