एक महिनाभित्र कार्य सम्पन्न गर्न उपाध्यक्ष डा.लामाको निर्देशन !
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाको निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार निरीक्षण तथा अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिएर एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
लुम्बिनी विकास कोषको गुरुयोजना ४५ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ तर काम भने अधुरै रहेको छ। कोषले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरे पनि सम्झौताको करिब २ महिना बाँकी रहदा पनि निर्माण कार्य आधा पनि हुन नसक्दा कोषका नवनियुक्त उपाध्यक्ष लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गरेका हुन् ।
लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्तापछि फिल्डमा गएर निमार्ण कार्यको अनुगमन तथा निरीक्षण गरेका हुन् । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुलाई फिल्डमा बोलाएर एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुको साथै काम सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने उनले चेतावनी दिएका छन् ।
कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलगअलग ठेक्का सम्झौता गरेको थियो । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गर्न ठेक्का सम्झौता भए पनि अहिले सम्म गुरुयोजना सम्पन्न हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण