सात दिन मनाइने गाईजात्रा आजदेखि सम्पन्न
भक्तपुर । भक्तपुरमा गत भदौ १४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदेखि सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेपछि सम्पन्न भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ । गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्लेकार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो ।
त्यसैगरी आजै भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर नारायणलाई बत्तीसमेत दिएका छन् । श्रीकृष्ण जन्माष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायण बत्ती बालेर आज भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो ।
आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत्रुपमा गाइजात्रा सम्पन्न भएको मानिने जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण