सात दिन मनाइने गाईजात्रा आजदेखि सम्पन्न
भक्तपुर । भक्तपुरमा गत भदौ १४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदेखि सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेपछि सम्पन्न भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ । गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्लेकार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो ।
त्यसैगरी आजै भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर नारायणलाई बत्तीसमेत दिएका छन् । श्रीकृष्ण जन्माष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायण बत्ती बालेर आज भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो ।
आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत्रुपमा गाइजात्रा सम्पन्न भएको मानिने जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक