होला त मिरुनाको ह्याट्रिक ?
काठमाडौँ । पछिल्लो समय हिट छिन् अभिनेत्री मिरुना मगर । फिल्म ‘कबड्डी ४’ र ‘जारी’ हिट भएपछि उनको व्यस्तता बढेको छ । अहिले उनलाई धमाधम नयाँ फिल्म हात परिरहेका छन् ।
जसको श्रेय ‘कबड्डी ४’ र ‘जारी’ लाई नै जान्छ । ‘लालपुर्जा’ बाट अभिनयमा डेब्यू गरेकी उनले त्यसपछि रोज, साइनो र चच हुई अभिनय गरिन् । सबै फिल्म फ्लप हुँदा उनको करियरमा नराम्रोसँग धक्का लाग्न पुग्यो ।
कतै फिल्मबाट पलायन पो हुनुपर्ने त होइन भन्ने डरका बीच ‘कबड्डी ४’ ले भने उनका लागि सफलताको खाता खोल्यो । त्यसपछि ‘जारी’ को सफलताले उनी सबैको रोजाइमा पर्न थालिन् ।
अहिले उनको हातमा फिल्मका ताती छन् । उनी भने फिल्म ‘नाङ्गो गाउँ’ प्रचार प्रसारमा छिन् । २९ भदौबाट प्रदर्शनमा आउने यो फिल्ममा उनको जोडी दयाहाङ राई नै छन् । दयाहाङ राईसँग ‘कबड्डी ४’ र ‘जारी’ अभिनयपछि हिट हुन पाएकी उनलाई ‘नाङ्गो गाउँ’ ले ह्याट्रिक दिलाउने चर्चा छ । मिरुना भने आफूलाई ह्याट्रिकको लोभ नभएको बताउँछिन् । हालै मिडियासँगको कुराकानीमा उनले यसो बताएकी हुन् । भनिन्, ‘एउटा कलाकारले यस्तो कुरा सोचेर काम गर्दा उत्कृष्ट काम हुन सक्दैन ।’
‘नाङ्गो गाउँ’ राजनीतिक कथावस्तुमा निर्माण भएको फिल्म हो । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दर्शकले मन पराउने उनको विश्वास निर्माण युनिटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण