‘प्रधानमन्त्रीको चीन भ्रमणमा रेल र तेल ल्याउने विषय प्राथमिकतामा पर्नुपर्छ’
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनबाट रेल र तेल ल्याउने कुरा प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले भने, ‘हामीले भारतबाट तेल ल्याउने पाइपलाइन विस्तार गरिरहेका छौँ यो ठिक छ, खर्च कम हुन्छ । तर यो सम्भावना चीनतिर छ भने खोज्नुपर्छ’, पन्तले भने, ‘हिजो जसरी नाकाबन्दी गरेर भारतले तेल लगायत रोक्यो, भोलि त्यस्तो स्थिति नआओस् भनेर पनि चीनबाट रेल र तेल ल्याउने कुरा प्रधानमन्त्रीको चीन भ्रमणमा प्राथमिकतामा पर्नुपर्छ ।’
साथै उनले ट्रान्समिसन लाइनमा समेत जोड दिन आग्रह गरे । ‘अहिले हामीले भारततिर बिजुली दिइरहेका छौ । जलश्रोतबाट चिनियाँ लगानी भटाभट झिक्दैछन्’, पन्तले भने, ‘किनभने भारतले सर्त नै त्यस्तै राखेको छ । अहिलेको १० हजारवालामा पनि त्यस्तै कडा सर्त राखेर पठाएको छ । यो सर्तबाट हामीले कहिले मुक्ति पाउँछौँ ?’
उनले ट्रान्समिसन लाइन चीनतिर पनि जोडेर र चीनमा पनि विद्युत् बेच्ने व्यापारको ढोका खुला गरेमात्रै दक्षिणको दबाबबाट मुक्त हुन सकिने बताए । पन्तले चिनियाँ पुँजी र लगानी भित्र्याउनेबारे सरकारले सोच्नुपर्ने भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा सार्वजनिक गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण