‘गुणस्तरीय तथ्याङ्क नहुँदा सरकारले बनाएका नीति योजनाहरु विफल भए’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले नेपालमा गुणस्तरीय तथ्याङ्क नहुँदा सरकारले बनाएका नीति कार्यक्रम र योजनाहरु सफल हुन नसकेको बताएका छन् ।
बिहीवार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ७ औं कृषि गणना कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले सरकारले बनाउने हरेक नीति,योजना तथा कार्यक्रमहरु तथ्याङ्कमा आधारित भएर बनाउने तर तथ्याङ्क गुणस्तरीय नुहँदा योजनाहरु विफल हुने गरेको दाबी गरे ।
उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजनाहरुमा समेत तथ्य तथ्याङ्क आवश्यक गर्ने बताए । उनले आयोगले १६ औं योजना बनाई रहेको भन्दै तथ्याङ्क कार्यालयले ठिक समय कृषि गणना सार्वजनिक भएको उल्लेख गरे ।
तथ्याङ्क गुणस्तरीय नहुँदा मुलुकमा अहिलेसम्म राज्यले गरेका योजना तर्जुमा, नीति र कार्यक्रमहरु लागू भएपनि अपेक्षा अनुसार प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । उपाध्यक्ष श्रेष्ठले सरकारले बनाएरका योजनाहरुले केही नजिता दिएपनि मुलुकको आवश्यकताको तुलनामा न्युन रहेको उल्लेख गरे ।
उनले आयोगले १६ औं योजनालाई स्टक्चर ट्रान्सफरमेसन केन्द्रित बनाउन चाहेको बताए । उनले १६ औं योजनाको प्राथमिकता कृषि उत्पादन र वृद्धिमा रहने उल्लेख गरे । उनले कृषि क्षेत्रलाई व्यवसायीकिकरण र आधुनिकीकरण गर्नसके मात्रै छोटो समयमा धेरै उत्पादन र रोजगारी बढाउन सकिने दाबी गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले सरकारले संकलन गरेका तथ्याङ्क सबैले थाहा पाउनको लागि तथ्याङ्क मिडियाका रुपमा अगाडि जान आवश्यक रहेको बताए ।
उनले तथ्याङ्क कार्यालयले सबैलाई सहज बनाउनको लागि सामाजिक सञ्जालमा हेरक दिन एउटा तथ्याङ्क राख्ने गरिएको बताए । सरकारले तथ्याङ्कलाई सकेसम्म शुद्धीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण