मन्त्री भुसाललाई सांसदको प्रश्न : सरकार अध्ययन गरेरमात्रै बस्ने कि मल कारखाना खोल्न लाग्ने ?
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले स्वदेशमै रासायनिक मल उत्पादन गर्नेबारे अध्ययन भइरहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद दिलेन्द्र प्रसाद बडूले मलकारखाना स्थापनाबारे राखेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले यस्तो जवाफ दिएका हुन् । सांसद बडूले सरकार अध्ययन गरेरमात्रै बस्ने कि मल कारखाना खोल्न लाग्ने भन्दै प्रश्न गरेका थिए ।
‘स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सन्दर्भमा अध्ययन भइरहेको छ’ बडूको प्रश्नको जवाफमा मन्त्री भुसालले भने, ‘यस विषयमा अध्ययन गर्न मन्त्रिपरिषदबाट २०७७ कात्तिक २४ मा गठित तत्कालीन अर्थमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्री रहनुभएको तीन सदस्यीय समितिले रासायनिक मल उत्पादन गर्ने सन्दर्भमा विस्तृत अध्ययन गर्नुपर्ने सिफारिस गरे बमोजिम मन्त्रिपरिषद्ले २०७७ चैत्र १२ मा लगानी बोर्डमार्फत यो कार्य अघि बढाउने निर्णय गरेको थियो ।’
त्यसपछि बोर्डले दुई अध्ययनका लागि अनुमति मागेका कम्पनीलाई अनुमति दिएको र अहिले डियाग इन्टर इन्डष्ट्रीज जिएमबीएच नामक जर्मन कम्पनी र रिनीकोला होल्डिङ एसीबीएन बीएचडी नामक मलेसियन कम्पनीले अध्ययन गरिरहेको मन्त्री भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण