टीभीएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै
काठमाडौँ । टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब सार्वजनिक गर्ने भएको छ ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल सहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक सहरका सचेत नागरिकहरूको लागि आकर्षक मूल्यमा नवीनतम विकल्पहरू प्रदान गर्ने उद्देश्यले हामीले टीभीएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ ।’
३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टीभीएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनिले जनाएको छ । ४.४० किलोवाटको अधिकतम पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटी प्रदान गर्दछ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ ।
टीभीएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ । ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टीभीएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ । चालकहरूले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । ४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टिभीएस आईक्युबले साघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ ।
टीभीएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ । ५ घण्टामा १००% सम्म चार्ज हुन सक्ने टीभीएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ । चालकहरूले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । ४.४० को पिक पावर र १४० को पिक टर्क रहेको यस टीभीएस आइक्युबले साँघुरो सडक र व्यस्त ट्राफिकमा पनि सजिलोसँग एक्सिलरेट गर्न सकिन्छ ।
आईक्युबमा टीभीएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्ध छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल/एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरू पनि यस स्कुटरले प्रदान गरेको छ
रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टीभीएस आईक्युबको यात्रा सहज हुनुको साथै ऊर्जा पनि कम खपत हुन्छ । त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । यस टीभीएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण