ललिता निवास प्रकरण : १० जना प्रतिवादीको तर्फबाट थुनछेक बहस बाँकी
काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा ८ जना प्रतिवादीतर्फको बहस सकिएको छ । अब, १० जनाको तर्फबाट बहस बाँकी छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालले शुक्रवार सम्ममा बहस सक्न प्रतिवादीका कानुन व्यवसायीलाई भनेका छन् । भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक मीन बहादुर गुरुङ, तत्कालीन नापी सर्वेक्षक घमन कुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोद प्रसाद पौडेलको तर्फबाट बिहीबार बहस भएको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा यसअघि शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा तर्फको बहस भैसकेको छ ।
प्रतिवादी योगराज पौडेल, नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुव प्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जय कुमार महर्जन र लोकहरी घिमिरेको तर्फबाट बहस हुन बाँकी छ । ललिता निवास प्रकरणमा १८ जना थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण