युरो कप छनोट फुटबल : नेदरल्यान्ड्सले सजिलै हरायो ग्रिसलाई

काठमाडौँ । आगामी युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा शुक्रबार नेदरल्यान्ड्सले ग्रिसलाई ३—० गोलको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेदरल्यान्ड्सले आगामी युरो कपमा छनोट हुने सम्भावना पनि बलियो बनाएको छ ।
खेलको प्रारम्भदेखि नै नेदरल्यान्ड्सले ग्रिसलाई दबाबमा राखेको थियो । नेदरल्यान्ड्सले तीनवटै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेल सुरु भएको १७औं मिनेटमै नेदरल्यान्ड्सका लागि मार्टिन डे रुनले पहिलो गोल गरेका थिए । खेलको ३१ औं मिनेटमा नेदरल्यान्ड्सले अग्रता दोब्बर बनाएको थियो । नेदरल्यान्ड्सका लागि दोस्रो गोल कोडी गाक्पोले गरेका थिए । खेलको ३९ औं मिनेटमा वट वेघोस्र्टले नेदरल्यान्ड्सलाई ३—० गोलले गोलले अगाडि बढाएका थिए ।
समूह ‘बी’ मा फ्रान्स पाँच खेलबाट १५ अंक जोडड्दै तालिकाको पहिलो स्थानमा छ । छनोट प्रतियोगितामा फ्रान्स हालसम्म अपरजित छ । तीन खेल खेलेको नेदरल्यान्ड्स भने ६ अंकसहित दोस्रो स्थानमा आसिन छ । नेदरल्यान्ड्सले दुई जित र एक हारको नतिजा निकालेको छ ।
यसैगरी चार खेलबाट ६ अंक जोडेको ग्रिस तेस्रो स्थानमा छन् । चार खेल खेलेको आयरल्यान्ड भने तीन अंकसहित तालिकाको चौथो स्थानमा छ । चार खेल खेलेको जिब्राल्टरले एक खेल पनि जित्न सकेको छैन । सन् २०२४ को युरो कप फुटबल प्रतियोगिता जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो पर्खाइ अन्त्य हुँदै, लाइसेन्स छपाइ तीव्र बनाइँदै
-
श्रेयष ऐयर टेस्ट टोलीमा नपरेपछि बीसीसीआईमाथि वीरेन्द्र सेहवागले उठाए प्रश्न
-
पोखराको पर्यटन जोगाउन प्याराग्लाइडिङ उडान सार्ने निर्णय निर्णय लिएका हौँ
-
दक्षिण भारतका यी राज्यहरूमा भारी वर्षासम्बन्धी रेड अलर्ट जारी
-
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
-
ट्रम्पले बढाए युरोपसँगको व्यापार वार्ताको समयसीमा