चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन
काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ ।
लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई फिर्ता पठाउन सरकारसँग माग गर्दै प्रदर्शन गरेको छ । महोत्तरी महन्थ ठाकुरको चुनावी क्षेत्र हो ।

लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले राजदूत सोङले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा गरेको टिप्पणी कूटनीति मर्यादा विपरीत रहेको बताए ।
एउटा सार्वभौमसत्ता सम्पन्न देशका बारेमा यस्तो विचार व्यक्त गरेर नेपाललाई हेप्ने कार्य गरेको बताउँदै उनले राजदूत सोङलाई स्पष्टीकरणसहित फिर्ता पठाउन सरकारसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण