सुदूरपश्चिमका १७ जना राष्ट्र सेवक कर्मचारी पुरस्कृत
धनगढी । सुदूरपश्चिम सरकारकोले निजामती सेवा दिवसको अवसरमा १७ जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एक कार्यक्रमका बीच शुक्रबार १७ जना कर्मचारीलाई पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुने कर्मचारीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन कृष्ण गौतम, कैलाली जिल्ला अदालतकी कार्यालय सहयोगी धौली केसी, स्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स निरीक्षक आशा थापा, हेभी इक्युपमेन्ट डिभिजन कार्यालय गोदावरीका मेकानिक प्रेम सिँह लुहार, जिल्ला हुलाक कार्यालय कैलालीका हल्कारा देवलाल चौधरी, आन्तरिक राजश्व कार्यालय कैलालीका नासु वासुदेव जोशी रहेका छन् ।
त्यस्तै, पशु सेवा तालिम केन्द्र धनगढीका अधिकृत गोरखबहादुर खड्का, जिल्ला प्रशासन कार्यालय कैलालीका नासु टिकेन्द्र प्रसाद भट्ट, प्रदेश निर्वाचन कार्यालयका नासु खेमराज भट्ट, सामाजिक विकास कार्यालय बझाङका शाखा अधिकृत विरबहादुर धामी, कृषि ज्ञान केन्द्र दार्चुलाका अधिकृत चन्द्रबहादुर ठगुन्ना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका कम्प्युटर अधिकृत जयबहादुर मल्ल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीका कानुन अधिकृत लक्ष्मण प्रसाद जोशीलाई पनि पुरस्कृत गरिएको हो । आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत ललिता देउपाल, डिभिजन वन कार्यालय डडेल्धुराका फरेष्टर खगेन्द्र राज पाध्या र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यालय सहयोगी योगेन्द्रबहादुर ऐरलाई सोही कार्यक्रममा पुरस्कृत गरिएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहीले उनीहरुलाई नगद, दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका छन् । सघीय सरकारले पनि निजामती सेवा दिवसको अवसरमा दशैभरका ४० कर्मचारीलाई सम्मानित गरेको छ । जसमा सुदूरपश्चिमबाट उच्च अदालत दिपायलमा कार्यरत इजलास अधिकृत नरबहादुर नेगी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण