विद्युत् बिस्तारका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेको समस्या समाधान गर्नुपर्छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उत्पादन, प्रसारण र वितरणका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेहरुको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
शुक्रबार आदिवासी जनजाति आयोगले आयोजना गरेको जलविद्युत उत्पादन, प्रसारण र वितरणले आदिवासी जनजाति समुदायको हक अधिकारको कार्यान्वयनमा पारेको असर न्यूनीकरण विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ऐलानी जग्गामा बसेका परिवारहरु समेत विस्थापित हुने अवस्थामा उनीहरुको जीविकोपार्जनको सम्बन्धमा सरकार सकारात्मक हुनुपर्ने बताए ।
मन्त्री बस्नेतले भूमीहीनहरुलाई उनीहरुले भोग चलन गर्दै आएको जमिनबाट हटाउँदा कानुनी कुरामात्रै गर्नु नहुने भन्दै सो विषयलाई व्यवहारिक ढंगले सम्बोधन गर्नुपर्ने बताए । यद्यपि भोगचलन गर्दै आएको सो ऐलानी जग्गामा आफूहरुको अधिकार लाग्छ भन्ने ढंगले व्याख्या गर्नु नहुने उनको भनाई छ ।
मन्त्री बस्नेतले यस प्रकारको समस्याको स्थायी र दीर्घकालीन समाधान गर्नेगरी सरकारले सोचिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण