भेनेजुएलाका राष्ट्रपति चीन भ्रमणमा
बेइजिङ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो साताव्यापी चीनको राजकीय भ्रमणमा आज कराकसबाट बेइजिङ आइपुगेका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसले यही सेप्टेम्बर ८ देखि १४ सम्म चीनको राजकीय भ्रमण गर्दै छन् ।
अन्तरराष्ट्रिय रूपमा एक्ल्याइएको तेल– धनी राष्ट्र भेनेजुएलाकासँग बेइजिङको घनिष्ठ सम्बन्ध छ भने काराकसको मुख्य ऋणदातामध्येको चीन एक हो । चीनले भेनेजुएलाको चेतावनीलाई समर्थन गरेको छ, जसलाई सो देशमा विदेशी हस्तक्षेपको घोर विरोध गर्ने भेनेजुएलाप्रति बेइजिङको पूर्ण समर्थन रहेको छ । वर्षौँदेखि सङ्कटमा परेको उसको अर्थव्यवस्थालाई चीनले उजिल्याउन भरथेग गर्दै आएको छ ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले यसैसता शाङ्घाई र बेइजिङको भ्रमण गरेका थिए । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटघाट गरेका थिए । वर्षौँपछि काराकासबाट उच्च अधिकारीले गरेको यो नै पहिलो भ्रमण हो । “चीन र भेनेजुएलाले अटूट मित्रता कायम गरेका छन्, चीनले भेनेजुएलाको राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय मर्यादाको रक्षा गर्न दृढतापूर्वक समर्थन गर्दछ,” विदेशमन्त्री वाङले भनेका छन् ।
यसैबीच ब्लूमबर्गका अनुसार यो भ्रमणको उद्देश्य बेइजिङबाट लगानी सुरक्षित गर्नु तथा भेनेजुएला र चिनियाँ पेट्रोलियम कम्पनीहरूबीच सम्भावित संयुक्त लगानीबारे छलफल गरेका हुन् । काराकासले लामो समयदेखि बेइजिङसँग आफ्नो सङ्कटग्रस्त अर्थतन्त्रलाई सुदृढ बनाउन मद्दत माग्दै आएको छ ।
चीनबाट ऋण
राष्ट्रपति मदुरोले अन्तिम पटक २०१८ मा बेइजिङको भ्रमण गरेका थिए । आजदेखि हुने उनको चीन भ्रमण दशौँ हो । उनले राष्ट्रपति सीको ‘मानवताको लागि साझा गन्तव्य’दृष्टिकोणको प्रशंसा गर्दै आएका छन् ।
संयुक्त राज्य अमेरिकाविरुद्ध बारम्बार आवाज उठाउँदै आएका भेनेजुएलाका नेताले चीनसँग आर्थिक सहयोग एवं ऋण उपलव्ध गराउन अनुरोध गर्ने बताइएको छ । चिनियाँ नेता सीले सन् २०१४ मा भेनेजुएलाको भ्रमण गरेका थिए । दुवै नेता अमेरिकी आधिपत्यवादी गतिविधिका तीव्र आलोचक मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण