बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बाँके : रोकिराखेको ट्रकमा बस ठोक्किँदा ५ जनाको मृत्यु

शनिबार, २३ भदौ २०८०, ०५ : ५८
शनिबार, २३ भदौ २०८०

बुटवल । बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । दुर्घटनामा १५ जना सख्त घाइते भएका छन् । 

कोहलपुरका डीएसपी सुन्दर तिवारीले बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बसमा सवार पाँच जनाको मृत्यु भएको  बताए । उनका अनुसार दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको बताइएको छ । राप्ति सोनारी गाउँपालिका-८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर घटनाको भएको प्रहरीले जनाएको  छ। घाइतेहरूको नेपालगन्ज उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप