युएस ओपन : जोकोभिच र मेडभेडेभको भिडन्त पक्का
शनिबार, २३ भदौ २०८०, १२ : १७
न्युयोर्क । साबिक विजेता कार्लोस अल्काराजलाई हराउँदै ड्यानिल मेडभेडेभ युएस ओपनको फाइनलमा प्रवेश गरेका छन् । अब फाइनलमा उनको भेट नोभाक जोकोभिचसँग हुने भएको छ ।
स्पेनिस खेलाडी अल्काराज ७–६ (७–३), ६–१, ३–६, ६–३ ले मेडभेडेभसँग पराजित भएका हुन् । योसँगै अल्काराज र जोकोभिचबीच भएको विम्बल्डन फाइनलको पुनरावृत्ति नहुने भएको छ ।
यसअघि, जोकोभिचले अमेरिकी युवा खेलाडी बेन शेल्टनलाई हराउँदै युएस ओपनको फाइनलमा पुगेका थिए । उनी कीर्तिमानी २४ औँ मेजर उपाधिबाट एक जीत टाढा रहेका छन् ।
सन् २०२१ को फाइनलमा जोकोभिचलाई मेडभेडेभले हराएका थिए । गत वर्षको प्रतियोगितामा भने कोभिड–१९ को खोप नलगाएका कारण जोकोभिचले अमेरिकामा प्रवेश पाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण