जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै युवा
शनिबार, २३ भदौ २०८०, १३ : १५
_qW2e0WqC69.jpg)
जनकपुरधाम । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ । युवा सङ्घले शनिवार बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको हो । जसमा दुई चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन् ।
बिदाका दिन सरकारी गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्छ । तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा सङ्घका कार्यकर्ता त्यसलाई रोक्न सडकमा उत्रेका छन् ।
सङ्घका मधेस प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएका ११ वटा सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बुमा भूकम्पको धक्का
-
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो
-
सैनिक कल्याणकारी कोषको रकम हिनामिना प्रकरण : पूर्वमेजरविरुद्ध पनि डिफ्युजन नोटिस जारी गर्न पत्राचार
-
स्थानीय सेवा ऐन छिट्टै जारी गर्न धनगढी उपमहानगरको प्रदेश सरकारलाई आग्रह
-
सचिव बढुवाका लागि पौडेलको नाम सिफारिस
-
पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना, ३ जनाको मृत्यु