काठमाडौँ र ललितपुरमा लाखौँको चोरी
काठमाडौँ । काठमाडौँ र ललितपुरमा भएका छुट्टाछुट्टै घटनामा लाखौँ बराबरको धनमाल चोरी भएको छ ।
काठमाडौँको नागार्जुन नगरपालिका-६ टौखेल बस्ने ३६ वर्षीय अर्पण पौडेलको घरको ढोकाको ताल्चा फोडी सुनका विभिन्न गरगहना, ल्यापटप तथा आइफोन समेत गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-१० पाटन ढोकास्थित आईडीआई प्रालिबाट १ थान प्रोजेक्टर र फोरसाइट प्रालिबाट २ थान ल्यापटप गरी करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
यसैगरी ललितपुरकै गोदावरी नगरपालिका-१२ धापाखेलस्थित मकवानपुर थाहा नगरपालिका-२ पालुङ घर भएका रमा कार्कीको रमा फेन्सी स्टोर पसलबाट करिब २ लाख ४७ हजार रुपैयाँ बराबरको विभिन्न कपडा गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण