शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–छिन्ताओ उडान सुरु

आइतबार, २४ भदौ २०८०, ०९ : ४९
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनमा आफ्नो गन्तव्य विस्तार गर्दै आइतबारदेखि छिन्ताओमा नियमित उडान सुरु गरेको छ । पयर्टनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एक कार्यक्रमबीच पहिलो उडानलाई बिदाइ गरेका हुन् ।

कार्यक्रममा बोल्दै पयर्टनमन्त्री किरातीले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ र परिष्कृत पारेर लान नेपाल सरकार लागि परेको जिकिर गरे । काठमाडौँ–छिन्ताओ उडानले यसलाई सहयोग गर्ने आशा व्यक्त गरे । त्यस्तै, उपाध्यक्ष श्रेष्ठले चीनमा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले यो उडान सुरुवात गरेको जानकारी दिए । पहिलो उडानमा ११४ जना यात्रु रहेको जसमा ३० जना नेपाली र ८४ जना चिनियाँ नागरिक रहेको उपाध्यक्ष श्रेष्ठको भनाई छ । 

छिन्ताओ चीनको पर्यटकीय गन्तव्य हो । तर, आजसम्म त्यहाँबाट काठमाडौँ आउने सिधा उडान थिएन । कम्पनीले सुरुमा सातामा एउटा उडान गर्नेछ । 

हिमालय एयरलाइन्सले चीनलाई लक्षित गर्दै उडानहरू गर्दै आएको छ । सन् २०१९ मा बेइजिङबाट पहिलो नियमित उडान सुरु गरेको कम्पनीले हाल चीनका पाँच स्थानमा नियमित उडान भर्दै आएको छ । एयरलाइन्सले चीनबाहेक दुबई, मलेसिया, कतार, साउदी अरेबिया लगायतका गन्तव्यमा पनि उडान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप