हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–छिन्ताओ उडान सुरु
काठमाडौँ । हिमालय एयरलाइन्सले चीनमा आफ्नो गन्तव्य विस्तार गर्दै आइतबारदेखि छिन्ताओमा नियमित उडान सुरु गरेको छ । पयर्टनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एक कार्यक्रमबीच पहिलो उडानलाई बिदाइ गरेका हुन् ।
कार्यक्रममा बोल्दै पयर्टनमन्त्री किरातीले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ र परिष्कृत पारेर लान नेपाल सरकार लागि परेको जिकिर गरे । काठमाडौँ–छिन्ताओ उडानले यसलाई सहयोग गर्ने आशा व्यक्त गरे । त्यस्तै, उपाध्यक्ष श्रेष्ठले चीनमा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले यो उडान सुरुवात गरेको जानकारी दिए । पहिलो उडानमा ११४ जना यात्रु रहेको जसमा ३० जना नेपाली र ८४ जना चिनियाँ नागरिक रहेको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।
छिन्ताओ चीनको पर्यटकीय गन्तव्य हो । तर, आजसम्म त्यहाँबाट काठमाडौँ आउने सिधा उडान थिएन । कम्पनीले सुरुमा सातामा एउटा उडान गर्नेछ ।
हिमालय एयरलाइन्सले चीनलाई लक्षित गर्दै उडानहरू गर्दै आएको छ । सन् २०१९ मा बेइजिङबाट पहिलो नियमित उडान सुरु गरेको कम्पनीले हाल चीनका पाँच स्थानमा नियमित उडान भर्दै आएको छ । एयरलाइन्सले चीनबाहेक दुबई, मलेसिया, कतार, साउदी अरेबिया लगायतका गन्तव्यमा पनि उडान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण