शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टीभीएसले अटो शोमा इलेक्ट्रिक स्कुटर ‘आईक्यूब’ सार्वजनिक गर्ने

आइतबार, २४ भदौ २०८०, ११ : ०७
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शो, २०२३ को अवसरमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘आईक्यूब’ सार्वजनिक गर्ने भएको छ । १५औं संस्करणको नाडा अटो शो यही भदौ २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डमा आयोजना हुँदैछ । 

सोही अवसरमा कम्पनीले आकर्षक र उत्कृष्ट पर्फमेन्सयुक्त आईक्यूबलाई सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ । कार्यसम्पादन र व्यावहारिकता दुवै पक्षलाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर आईक्यूबले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै  शहरी दैनिकीमा एउटा गेम चेन्जरको रुपमा स्थापित हुने विश्वास कम्पनिले लिएको छ । 

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ‘टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । आकर्शक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकहरुको लागि आकर्षक मुल्यमा नवीनतम् विकल्पहरु प्रदान गर्ने उद्धेश्यले हामीले  टीभीएस आईक्यूब नेपाली बजारमा ल्याएका हौ’ उनले भने ।

३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टीभीएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट  रहेको कम्पनिले जनाएको छ । ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले  आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्दछ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको छ । 

टीभीएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बन्ने कम्पनीको दाबी छ । 

५ घण्टामा १०० प्रतिशतसम्म चार्ज हुन सक्ने टीभीएस आईक्यूबमा पोर्टेबल चार्जर उपलब्ध छ । चालकहरुले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । 

४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टिभीएस आईक्युबले साघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ ।  

आईक्यूबमा टीभीएस एनटर्क सिरिजका स्कुटर जस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु पनि यस स्कुटरले प्रदान गरेको छ । स्कुटरको ७ इन्चको मल्टीफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पु¥याउनेछ । 

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टीभीएस आईक्युबको यात्रा सहज हुनुको साथै उर्जा पनि कम खपत हुन्छ । त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । टीभीएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप