गायिका ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान
काठमाडौँ । वरिष्ठ गायिका ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’बाट प्रदान गरिएको छ । काठमाडौँमा आयोजित मिलाप दोस्रो तीज उत्सव कार्यक्रममा उनलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त सम्मान प्रदान गरेकी हुन् । समारोहमा राणालाई नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा अभिनेत्री शर्मिला मल्ल, निर्माता-निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला, गायिका मञ्जु थापा गुरुङ, अभिनेत्री रेजिना उप्रेती, कलाकार गोमा केसी, शिला गजुरेल, गायिका माण्डवी त्रिपाठी, सारिका घिमिरे, मञ्जु लावती, शुष्मा रुपाखेती, निशा रावल समेत ‘मिलाप सम्मान’बाट सम्मानित भए ।
यस्तै फेशन डिजाइनर अनु श्रेष्ठ, व्यवसायी एवं समाजसेवी कल्पना थापा, प्रमिला कार्की, धनराज्यलक्ष्मी शाक्य, पूजा शाह, सावित्रा अधिकारी, व्युटिसियन अनिता देउला, मोडल एवम् समाजसेवी सलीना गुरुङलाई पनि ‘मिलाप तीज सम्मान’ दिइएको थियो ।
कार्यक्रममा तीजलाई परम्परागत भन्दा पनि सिर्जनात्मक रूपमा मनाउनुपर्ने धारणा उप सभामुख रानाले धारणा राखिन् ।
विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै उहाँहरूले समाजमा पुर्याउनुभएको योगदानको कदर स्वरूप सम्मान कार्यक्रम गर्दै आएको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउन्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन् ।

हिमालयन बैङ्क, माछापुच्छ्रे बैङ्क, ग्लोबल आइएमई बैङ्क, रिलायबल लाइफ इन्सुरेन्स र सिग्नेचर सहयोग र साझा कुरियर एन्ड कार्गो, म्युजिक एन्ड भ्वाइस रेकर्डिङ स्टुडियो र जिनियस खबर साथ रहेको कार्यक्रममा गायिका मञ्जु थापा, माण्डवी त्रिपाठी र सारिका घिमिरेले गीत प्रस्तुत गर्दा उपसभामुख रानाले पनि गीत गाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण