नेप्से सूचक दोहोरो अंकले बढ्यो, १ अर्ब ७ करोडको कारोबार
काठमाडौं । लामो समयको अन्तरालपछि यो साताको सुरु दिनमा नै नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक १०.२३ अंकले बढ्दै १९ सय ४२.६८ को विन्दुमा उक्लिएको हो ।
आज १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
हाइड्रोपावर समूह बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् । ट्रडिङ समूहको उपसूचक १.६७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक १.२७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १ प्रतिशतले बढेको छ । अन्य समूहहरूको उपसूचक १ प्रतिशत कमले बढेका छन् । हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१४ प्रतिशतले घट्न पुगेको छ ।
आज सूर्योदय ओमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिवम् पावर लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ । यता हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने आज ७.८१ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण