व्यासको नयाँ बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढ्यो
दमौली । तनहुँको व्यास नगरपालिकाले नयाँ बहुउद्देश्यीय भवन निर्माणको कार्यलाई अगाडी बढाएको छ । पृथ्वी राजमार्ग र सफासडक क्षेत्रलाई मोहोडा बनाएर चार तल्लाको व्यावसायिक भवन निर्माण गर्ने भएको हो ।
नगरपालिकाको महातातमा रहेको पुरानो भवनलाई भत्काएर उक्त ठाउँमा ३ रोपनी ३ आना १ पैसा र १ दामको क्षेत्रफलमा व्यावसायिक बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको योजना तथा सहरी विकास शाखा प्रमुख डा.ई राजु पौडेलले जानकारी दिए ।
नगर विकास कोष र व्यास नगरपालिकाको संयुक्त लगानीमा उक्त भवन निर्माण गर्न लागिएको उनले बताए । उनका अनुसार नगर विकास कोषबाट ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी रहेन छ ।
नगरपालिकाले २० वर्षको लागि नगर विकास कोषबाट ७० प्रतिशत लगानी ऋण लिएको हो । योजना तथा सहरी विकास शाखा प्रमुख पौडेलका अनुसार भुईँ तलामा ११ वटा पसल कबल,२ वटा भञ्याङ,१ शैचालय र ३ वटा प्रवेशद्वार रहने छ । पहिलो तल्लामा १२ वटा पसल कबल, २ ,२ वटा भञ्याङ,१ शैचालय रहने छ भने दोस्रो तल्ला र तेस्रो तल्लामा खुल्ला भाग बनाई क्षेत्रफलको हिसाबले कार्यालय प्रयोजनलाई दिने गरि निर्माण गरिने भएको छ । साथै उक्त भवनमा लिफट् र एस्कालेटरको पनि सुविधा राखिने पौडेलले बताए । नगरपालिकाको आयस्रोत वृद्धि गर्ने लक्ष्यसहित मनोरञ्जनका लागि कमर्सियल कम्प्लेक्ससहितको ३१ करोडको लगानीमा व्यावसायिक निर्माण गर्न लागिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
पुरानो भवन भत्काउनको लागि उक्त भवनमा रहेका शाखाहरू सारिएको छ । नगरप्रमुख न्यौपानेले पहिलो कार्यकालमा सम्पन्न गरेको बहुउद्देश्यीय भवनको माथिल्लो भागमा शाखाहरू सारिएको छ । पुरानो भवनमा रहेका शिक्षा तथा सामाजिक शाखा, स्वास्थ्य तथा जनंसख्या शाखा, पशु तथा कृषि शाखा र सरसफाइ शाखा माथिल्लो भवनमा सार्न सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण