पारामाउन्ट मोटर्सको दुई गाडी नेपाली बजारमा

काठमाडौँ । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् ।
लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने, “नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहक वर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन् ।”
एमजि कमेट इभि भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ केडब्लुएचको ब्याट्रि र ३१.२६ केडब्लुको मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि आईपी६७ रेटेड ब्याट्रि, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधा र सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन् ।
एमजि कमेट इभिको सुरुवाती मूल्य १७.९९ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
त्यस्तै एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा १,२०,००० किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ ।
हेर्दा अत्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको कम्पनीले जनाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्रि क्षमता ५१केडब्लुएच र ९९ केडब्लुको मोटर रहेको छ । त्यस्तै एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ केडब्लुएच र १५० केडब्लुको मोटर रहेको छ । एमजि ४ इभिको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मुल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो ।
एमजि ४ इभिले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजि ४ इभिमा रियर व्हिल लेआउट राखिएको छ । त्यस्तै यात्रुहरुको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ्ग सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरु रहेका छन् भने सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरु रहेका छन् ।
त्यस्तै एमजि ४ इभिको लागि हाइ भोल्टेज ब्याट्रिमा १,५०,००० किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ भन हाइ भोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ ।
त्यस्तै एमजि ४ कम्फर्ट इभिको सुरुवाती मूल्य ४१.४९ लाख रहेको छ भने एमजि लक्जरी इभिको सुरुवाती मूल्य ५८.९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा