‘घरेलु श्रमिक महिलाहरूको अदृश्य श्रमलाई दृश्य र पहिचानमा ल्याउनुपर्छ’

काठमाडौँ । महिला अधिकारकर्मीहरुले घरेलु श्रमिक महिलाहरूको अदृश्य श्रमलाई दृश्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतबार काठमाडौँमा घरेलु श्रमिकको अधिकार, पहिचान र सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरुले घरेलु महिला श्रमिकको आवाज बुलन्द बनाउनुपर्ने बताए । उनीहरुले सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमीकहरुलाई सूचिकृत गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै तरङ्गिणी फाउण्डेशनकी मनोविमर्श कर्ता रुपा भट्टराईले घरेलु महिला श्रमिकको श्रम अदृश्य रहेको र त्यसलाई दृश्य बनाउने प्रयासमा आफूहरु लागेको बताइन् । उनले घरेलु पनि श्रम नै भएकाले स्थानीय तहले घरेलु श्रमलाई सूचिकृत गर्नुपर्ने बताइन् । उनले घरेलु श्रमीकलाई मान्यता दिने काम राष्ट्रिय स्तरबाट सुरु गरिनुपर्ने बताइन् ।
भट्टराईले काठमाडौँ महानगरभित्रका केही वडाका महिला घरेलु श्रमिकको तथ्यांकसमेत आफूहरुले जम्मा पारेको उल्लेख गर्दै स्थानीय निकायहरुले पनि यसमा सहयोग गर्ने हो भने तथ्यांक संकलन गर्न सहज हुने बताइन् । उनले घरेलु श्रमीकलाई झर्किने, कामको सम्मान नगर्ने लगायतका समस्या रहेको बताइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले घरेलु महिलाको अदृश्य श्रमलाई दृश्य बनाउन आवश्यक रहेको बताइन् । उनले अदृश्य श्रमलाई दृश्य र पहिचानमा ल्याउन सम्भव रहेको बताइन् ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले श्रम बजारमा महिलाको सहभागिता बढाउने र सहभागिता भइसकेकाको पहिचान बढाउने खालको काममा जुट्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद : सय मिटरमा अदित्य र गौरीलाई स्वर्ण
-
भीमार्जुनको गीत ‘सम्झि रहे रातैभरि’ सार्वजनिक
-
तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : डा महत
-
नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै