‘घरेलु श्रमिक महिलाहरूको अदृश्य श्रमलाई दृश्य र पहिचानमा ल्याउनुपर्छ’
काठमाडौँ । महिला अधिकारकर्मीहरुले घरेलु श्रमिक महिलाहरूको अदृश्य श्रमलाई दृश्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतबार काठमाडौँमा घरेलु श्रमिकको अधिकार, पहिचान र सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरुले घरेलु महिला श्रमिकको आवाज बुलन्द बनाउनुपर्ने बताए । उनीहरुले सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमीकहरुलाई सूचिकृत गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै तरङ्गिणी फाउण्डेशनकी मनोविमर्श कर्ता रुपा भट्टराईले घरेलु महिला श्रमिकको श्रम अदृश्य रहेको र त्यसलाई दृश्य बनाउने प्रयासमा आफूहरु लागेको बताइन् । उनले घरेलु पनि श्रम नै भएकाले स्थानीय तहले घरेलु श्रमलाई सूचिकृत गर्नुपर्ने बताइन् । उनले घरेलु श्रमीकलाई मान्यता दिने काम राष्ट्रिय स्तरबाट सुरु गरिनुपर्ने बताइन् ।
भट्टराईले काठमाडौँ महानगरभित्रका केही वडाका महिला घरेलु श्रमिकको तथ्यांकसमेत आफूहरुले जम्मा पारेको उल्लेख गर्दै स्थानीय निकायहरुले पनि यसमा सहयोग गर्ने हो भने तथ्यांक संकलन गर्न सहज हुने बताइन् । उनले घरेलु श्रमीकलाई झर्किने, कामको सम्मान नगर्ने लगायतका समस्या रहेको बताइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले घरेलु महिलाको अदृश्य श्रमलाई दृश्य बनाउन आवश्यक रहेको बताइन् । उनले अदृश्य श्रमलाई दृश्य र पहिचानमा ल्याउन सम्भव रहेको बताइन् ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले श्रम बजारमा महिलाको सहभागिता बढाउने र सहभागिता भइसकेकाको पहिचान बढाउने खालको काममा जुट्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण