बालबालिकाका लागि काठमाडौंमा कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सञ्चालन
सोमबार, २५ भदौ २०८०, ११ : ४२

काठमाडौँ । काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने छ ।
खोप काठमाडौं जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट लगाइनेछ ।
खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान जिल्ला स्वास्थ्य कार्यलयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने