बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘आप जेसा कोई...’ गाएर रातारात स्टार बनेकी थिइन् पाकिस्तानी गायिका : १ निर्णयले बरबाद भयो जीवन, ३५ वर्षमा मृत्यु

सोमबार, २५ भदौ २०८०, १२ : ०६
सोमबार, २५ भदौ २०८०

सन् १९८० मा रिलिज भएको फिल्म ‘कुर्बानी’ यसको उत्कृष्ट कथा र स्टार कास्टभन्दा पनि गीतका कारण बढी चर्चित थियो । फिल्मको ‘आप जेसा कोई मेरी जिंदगी मे आये’ गीत करोडौँको मन पर्ने गीत बन्यो । यो गीतलाई पाकिस्तानी गायिका नाजिया हसनले १५ वर्षको उमेरमा गाएकी थिइन् ।

नाजिया हसन आफ्नो पहिलो गीत ‘आप जैसा कोई’ बाट भारत र पाकिस्तानमा चर्चित भइन् । रिपोर्टलाई विश्वास गर्ने हो भने, फिरोज खानले नाजिया हसनलाई युकेमा एक पार्टीमा भेटेका थिए । फिरोजले त्यहाँ नाजियाले गुनगुनाएको सुने र उनलाई फिल्म ‘कुर्बानी’ मा गीत गाउन अफर गरे ।

nazia1नाजियाले सन् १९८१ मा गीतका लागि सर्वश्रेष्ठ महिला पार्श्व गायिकाको लागि फिल्मफेयर पुरस्कार जितिन् । उनी यो अवार्ड जित्ने सबैभन्दा कान्छी र पहिलो पाकिस्तानी गायिका हुन् । नाजिया हसन ‘कुर्बानी’ गीत गाएर रातारात स्टार बनिन्, जसको फाइदा उनको अर्को एल्बम ‘डिस्को दिवाने’ ले पायो । एल्बमले भारत–पाकिस्तानमा विक्रीको रेकर्ड तोडिदियो ।

nazia2नाजियाको जीवन निकै राम्रोसँग चलिरहेको थियो । उनको करियर क्रमशः उकालो चढ्दै थियो तर उनको निजी जीवनमा भने विवाह गरेपछि भुइँचालाे निम्तियाे ।उनले सन् ९९५ मा परिवारको सहमतिमा पाकिस्तानी व्यवसायी इश्तियाक  बेगसँग विवाह गर्ने निर्णय गरे । तर उनको वैवाहिक जीवन सफल हुन सकेन । नाजियाले जीवनभरि आफ्नो यो निर्णयप्रति अफसोस जताइन् । 

nazia3भारतीय सञ्चार मिडियाका अनुसार नाजिया हसन र उनका श्रीमानको सम्बन्ध फिटिक्कै राम्रो थिएन । निजी जीवनको तनावले उनको शरीरलाई पनि जकडेको थियो । उनी कम उमेरमा क्यान्सरद्वारा पीडित भइन् । मिडिया रिपोर्टका अनुसार गायिकाले अदालत समक्ष आफ्ना पूर्व श्रीमान्विरुद्ध घरेलु हिंसा र विष दिएको लगायतका गम्भीर आरोप लगाएकी थिइन् । नाजियाले मृत्युभन्दा केही दिन अघि मात्रै श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् । यी प्रतिभाशाली गायिकाको ३५ वर्षको उमेरमा निधन भएको थियो । 

nazia4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप