शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा बजाजको पल्सर एनएस २००, के छ विशेषता ?

सोमबार, २५ भदौ २०८०, १२ : ५८
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलहरुको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नाडा अटोशो २०२३ मा नयाँ पल्सर राख्ने भएको छ । कम्पनीले यस अघि नै नेपाली बजारमा सार्वजनिक भइसकेको पल्सर एनएस २०० र पल्सर एनएस १६० राख्ने भएको हो ।

कम्पनीका अमितराज चालिसेले रातोपाटीसँग कुरा गर्दै यसअघि नै सार्वजनिक भइसकेको एनएस नाडा शोमा राख्ने बताए । उनले भने, ‘यसपटकको शोमा नयाँ मोटरसाइकल आउँदैन । एनएस २०० र एनएस १६० राख्छौं ।’ कम्पनीले असार २१ गते नेपाली बजारमा यी दुई मोटरसाइकल सार्वजनिक गरेको थियो ।

पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी छ । यो मोटरसाइकलले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८ हजार आरपइएममा १८.७४ एनएमको टर्कका साथ उत्साहजनक पफर्मेन्स दिन्छ । यस्तै, यो मोटरसाइकलमा आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमता रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो मोटरसाइकलको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसबाहेक, अटोशो २०२३ मा पल्सर एनएस १६० मा १६०.३ सीसीको आयल कुल्ड तथा फ्यूल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन छ । यो मोटरसाइकलमा १२ लिटर पेट्रोल अट्ने क्षमता छ । मोटरसाइकलले सहरी क्षेत्रमा ३५ र हाइवेमा ४० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

यसले ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६एनएमको टर्क प्रदान गर्छ । नेपाली बजारमा यसको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप