नाडा अटो शोमा बजाजको पल्सर एनएस २००, के छ विशेषता ?
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलहरुको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नाडा अटोशो २०२३ मा नयाँ पल्सर राख्ने भएको छ । कम्पनीले यस अघि नै नेपाली बजारमा सार्वजनिक भइसकेको पल्सर एनएस २०० र पल्सर एनएस १६० राख्ने भएको हो ।
कम्पनीका अमितराज चालिसेले रातोपाटीसँग कुरा गर्दै यसअघि नै सार्वजनिक भइसकेको एनएस नाडा शोमा राख्ने बताए । उनले भने, ‘यसपटकको शोमा नयाँ मोटरसाइकल आउँदैन । एनएस २०० र एनएस १६० राख्छौं ।’ कम्पनीले असार २१ गते नेपाली बजारमा यी दुई मोटरसाइकल सार्वजनिक गरेको थियो ।
पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी छ । यो मोटरसाइकलले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८ हजार आरपइएममा १८.७४ एनएमको टर्कका साथ उत्साहजनक पफर्मेन्स दिन्छ । यस्तै, यो मोटरसाइकलमा आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमता रहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यो मोटरसाइकलको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसबाहेक, अटोशो २०२३ मा पल्सर एनएस १६० मा १६०.३ सीसीको आयल कुल्ड तथा फ्यूल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन छ । यो मोटरसाइकलमा १२ लिटर पेट्रोल अट्ने क्षमता छ । मोटरसाइकलले सहरी क्षेत्रमा ३५ र हाइवेमा ४० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
यसले ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६एनएमको टर्क प्रदान गर्छ । नेपाली बजारमा यसको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण