मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
नेम्वाङको निधनमा स्तब्ध त्रिवि शिक्षण अस्पताल परिसर (तस्बिरहरु)
स्तब्ध

नेम्वाङको निधनमा स्तब्ध त्रिवि शिक्षण अस्पताल परिसर (तस्बिरहरु)

मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । 

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो । हृदयघातपछि उनलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 

एमाले नेता प्रदीप ज्ञवाली त्रिवि शिक्षण अस्पतालबाट पार्थिक शरीर पार्टी कार्यालय लैजान लागिएको बताए । उनले मंगलबार बिहान ७ बजेपछि पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिने उनेका भनाइ छ । 

नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । राति नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया