बिरयानीका लागि अतिरिक्त राइता माग्दा रेस्टुरेन्टमा बहस, ग्राहकको कुटी कुटी हत्या
बिरयानीका लागि अतिरिक्त राइता माग्दा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । भारतको तेलंगनाको हैदराबादस्थित एक रेस्टुरेन्टमा ग्राहकले बिरयानीका लागि अतिरिक्त राइता माग्दा विवाद सुरु भयो । विवाद यतिसम्म बढ्यो कि रेस्टुरेन्टका केही कर्मचारीले ग्राहकमाथि निर्घात कुटपिट गरे, यति कुटे कि उनको ज्यानै गयो ।
भारतीय सञ्चार माध्यमका अनुसार मारिएका व्यक्तिको नाम लियाकत हो । उनी ३० वर्षका थिए र चन्द्रयानगुट्टाका बासिन्दा थिए । लियाकत सोमबार राती आफ्ना तीन जना साथीहरूसँग बेलुकाको खानाका लागि पन्जागुट्टा एक्स रोड इलाकाको मेरिडियन बिरयानी रेस्टुरेन्टमा बिरयानी खान गएका थिए । खाँदै गर्दा बिरयानी पुगेन, अतिरिक्त मागे त्यसपछि विवाद सुरु भयो ।
प्रहरीका अनुसार बिरयानी खाने बेला अतिरिक्त राइता माग्दा ग्राहक र रेस्टुरेन्टका केही कर्मचारीबीच बहस भयो । त्यसपछि ग्राहक र रेस्टुरेन्टका एक कर्मचारीले एक–अर्कामाथि कुटपिट सुरु गरे ।
एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार दुई कुटपिट सुरु भएको जानकारी पाएपछि प्रहरी रेस्टुरेन्ट पुगे । पछि ग्राहक र होटेलका कर्मचारीले पन्जागुट्टा प्रहरी थानामा एक–अर्का विरुद्ध उजुरी दर्ता गरे । अधिकारीले दिएको जानकारी अनुसार कुटपिटमा ग्राहकलाई खासै चोट लागेको थिएन तर उनलाई बान्ता हुन थाल्यो र उनी थाना भित्रै लडे ।
एफआइआर दर्ता
प्रहरीले दिएको जानकारी अनुसार उनलाई अस्पताल लगियो, त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे । मृतकको परिवारले उनलाई अस्पताल लैजान ढिला गरेको भन्दै आरोप लगाए । प्रहरीले पोस्टमार्टम रिपोर्टपछि नै मृत्युको सही कारणबारे पत्ता लाग्ने बताएको छ । हाल हत्याको मुद्दा दर्ता भएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण