बिरयानीका लागि अतिरिक्त राइता माग्दा रेस्टुरेन्टमा बहस, ग्राहकको कुटी कुटी हत्या

बिरयानीका लागि अतिरिक्त राइता माग्दा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । भारतको तेलंगनाको हैदराबादस्थित एक रेस्टुरेन्टमा ग्राहकले बिरयानीका लागि अतिरिक्त राइता माग्दा विवाद सुरु भयो । विवाद यतिसम्म बढ्यो कि रेस्टुरेन्टका केही कर्मचारीले ग्राहकमाथि निर्घात कुटपिट गरे, यति कुटे कि उनको ज्यानै गयो ।
भारतीय सञ्चार माध्यमका अनुसार मारिएका व्यक्तिको नाम लियाकत हो । उनी ३० वर्षका थिए र चन्द्रयानगुट्टाका बासिन्दा थिए । लियाकत सोमबार राती आफ्ना तीन जना साथीहरूसँग बेलुकाको खानाका लागि पन्जागुट्टा एक्स रोड इलाकाको मेरिडियन बिरयानी रेस्टुरेन्टमा बिरयानी खान गएका थिए । खाँदै गर्दा बिरयानी पुगेन, अतिरिक्त मागे त्यसपछि विवाद सुरु भयो ।
प्रहरीका अनुसार बिरयानी खाने बेला अतिरिक्त राइता माग्दा ग्राहक र रेस्टुरेन्टका केही कर्मचारीबीच बहस भयो । त्यसपछि ग्राहक र रेस्टुरेन्टका एक कर्मचारीले एक–अर्कामाथि कुटपिट सुरु गरे ।
एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार दुई कुटपिट सुरु भएको जानकारी पाएपछि प्रहरी रेस्टुरेन्ट पुगे । पछि ग्राहक र होटेलका कर्मचारीले पन्जागुट्टा प्रहरी थानामा एक–अर्का विरुद्ध उजुरी दर्ता गरे । अधिकारीले दिएको जानकारी अनुसार कुटपिटमा ग्राहकलाई खासै चोट लागेको थिएन तर उनलाई बान्ता हुन थाल्यो र उनी थाना भित्रै लडे ।
एफआइआर दर्ता
प्रहरीले दिएको जानकारी अनुसार उनलाई अस्पताल लगियो, त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे । मृतकको परिवारले उनलाई अस्पताल लैजान ढिला गरेको भन्दै आरोप लगाए । प्रहरीले पोस्टमार्टम रिपोर्टपछि नै मृत्युको सही कारणबारे पत्ता लाग्ने बताएको छ । हाल हत्याको मुद्दा दर्ता भएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री