हत्या गरेको अभियोगमा दुई वृद्ध पक्राउ
काठमाडौँ । हत्या गरेको आरोपमा दुई जना वृद्धलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै घटनामा दुई जनालाई काठमाडौँ र रसुवाबाट पक्राउ गरिएको हो ।
मकवानपुर हेटौँडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङले काठमाडौँ महानगरपालिका-८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
उता रसुवामा आफ्नै श्रीमती ७१ वर्षीया सिता कामीको हत्या गरेको अभियोगमा गोसाईंकुण्ड गाउँपालिका-६ रेडपाण्डा चोकस्थित भूकम्प पीडित आवास स्थल बस्ने ७१ वर्षीय सुलाल कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सीता कामी आफ्नै आवास स्थलमा मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुलाल कामीले कुटपिट गरी हत्या गरेको भन्ने खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण