सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
झापाको कनकाई नगरपालिका-८ शीतल चोकमा ग.१ च ३२४८ नम्बरको बोलेरो र प्र.१-०१-०१३ प १४१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई नगरपालिका-४ बस्ने ५४ वर्षीय देबराज सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउलेस्थित सडकमा से.५ प २८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बैतडी पाटन नगरपालिका-१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै धनुषाको मिथिला नगरपालिका-५ कुसहवा चोकमा प्र.२-०४-००१ प ३२४३ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको ढल्केबर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण