नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल देखिएको थिएन : त्रिवि शिक्षण अस्पताल
मङ्गलबार, २६ भदौ २०८०, १५ : ३९
काठमाडौँ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउनेबित्तिकै जाँच गर्दा जीवनसम्बन्धी कुनै चालन नदेखिएको बताएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्त कुमार दासले मंगलबार जारी गरेको विज्ञप्तिमा उनको आँखाको नानी फुलिसकेको र स्थिर रहेको तथा बीपी र प्लस अनरेकर्डेबल भएकाले चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गरेको उल्लेख छ । तर, त्यति गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि मंगलबार बिहान ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ ।
दासका अनुसार नेम्वाङलाई मंगलबार राति १ बजेर ५० मिनेटमा अस्पताल लगिएसँगै चिकित्सकले जाँच थालेका थिए ।
अस्पतालले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण