निजी विद्यालय शैक्षिक गुठी अन्तर्गत सञ्चालन व्यवस्थाको प्रस्ताव
काठमाडौँ । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा निजी लगानीका विद्यालय शैक्षिक गुठी अन्तर्गत स्थापना र सञ्चालनको व्यवस्थाको प्रस्ताव गरिएको छ ।
सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न सक्ने र त्यस्तो विद्यालय शैक्षिक गुठीमा स्थापना हुनुपर्ने, कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएपछि शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने व्यवस्था प्रस्तावित गरिएको छ ।
निजी शैक्षिक गुठी सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण हुन सक्ने, सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण हुँदा छुट सुविधा दिन सकिने व्यवस्था प्रस्तुत दफामा गरिएको छ । यस्तै सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन राष्ट्रिय मापदण्डको आधारमा स्थानीय तहले गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसबाट नेपालको संविधानको व्यवस्था बमोजिम विद्यालयको स्थापना र सञ्चालनमा प्रभावकारिता आउने विधेयकमा उल्लेख छ ।
विद्यालयको स्थापना तथा सञ्चालन वा कक्षा वा तह थपको अनुमति राष्ट्रिय मापदण्डको अधिनमा रही स्थानीय कानुन बमोजिम स्थानीय तहले दिने, विद्यालय स्थापनाको नक्साङ्कन र स्रोतको सुनिश्चिताको आधारमा मात्र हुन सक्ने व्यवस्था दफामा गरिएको छ । यसबाट विद्यालयको स्थापनाको लागि आवश्यकताको
पहिचान र नेपालभर विद्यालय स्थापना तथा सञ्चालनमा एकरुपता कायम हुन जाने सो विधेयकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण