बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
विद्यालय शिक्षा विधेयक

निजी विद्यालय शैक्षिक गुठी अन्तर्गत सञ्चालन व्यवस्थाको प्रस्ताव

बुधबार, २७ भदौ २०८०, १२ : ३३
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा निजी लगानीका विद्यालय शैक्षिक गुठी अन्तर्गत स्थापना र सञ्चालनको व्यवस्थाको प्रस्ताव गरिएको छ । 

सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न सक्ने र त्यस्तो विद्यालय शैक्षिक गुठीमा स्थापना हुनुपर्ने, कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएपछि शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने व्यवस्था प्रस्तावित गरिएको छ ।

निजी शैक्षिक गुठी सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण हुन सक्ने, सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण हुँदा छुट सुविधा दिन सकिने व्यवस्था प्रस्तुत दफामा गरिएको छ । यस्तै सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन राष्ट्रिय मापदण्डको आधारमा स्थानीय तहले गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।  यसबाट नेपालको संविधानको व्यवस्था बमोजिम विद्यालयको स्थापना र सञ्चालनमा प्रभावकारिता आउने विधेयकमा उल्लेख छ । 

विद्यालयको स्थापना तथा सञ्चालन वा कक्षा वा तह थपको अनुमति राष्ट्रिय मापदण्डको अधिनमा रही स्थानीय कानुन बमोजिम स्थानीय तहले दिने, विद्यालय स्थापनाको नक्साङ्कन र स्रोतको सुनिश्चिताको आधारमा मात्र हुन सक्ने व्यवस्था दफामा गरिएको छ । यसबाट विद्यालयको स्थापनाको लागि आवश्यकताको

पहिचान र नेपालभर विद्यालय स्थापना तथा सञ्चालनमा एकरुपता कायम हुन जाने सो विधेयकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप