६० किलो सुन तस्करीमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ
काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा भन्सारका कर्मचारीमात्रै ८ जना पक्राउ परेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमात्रै ८ जना पक्राउ परेका छन् ।
यसैगरी भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक १ जना, कम्पनी खोल्ने १ जना, कम्पनी खडा गर्ने र मालवस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जना पक्राउ परेका छन् । यी सबैगरी ३२ जना पक्राउ परेको र अन्य १८ जना फरार रहेको प्रहरीले जनाएको छ ।
सीआईबीले सुन तस्करी प्रकरणमा फरार १८ जना खोज्नका लागि सबै विधिहरु अबलम्बन भएको जनाएको छ । पत्रकार सम्मेलनमा डीआईजी यज्ञविनोद पोखरेलले फरारहरुलाई पक्राउ गर्नका लागि पर्पल नोटिस जारी गरिसकिएको बताए ।
उनले अनुसन्धानका क्रममा थप विवरण खुलेको खण्डमा पुरक मुद्दा पनि लैजान सकिने बताए । सीआईबीले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा १८ फरारसहित ५० जनालाई प्रतिवादी बनाउन जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण