ढाकाकुमारको अभिव्यक्तिबारे रास्वपाले थापामाथि छानबिन प्रक्रिया अगाडि बढायो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासित नेता ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड पैसा मागेको आरोप लगाएका मोहनजंग थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले आफूलाई मन्त्री बनाउन रविका कोर टिमले पैसा मागेको अडियो सार्वजनिक भएपछि उनी पार्टीबाट निष्कासित भएका थिए ।
पछिल्लो समय श्रेष्ठले मन्त्री बनाउन थापाले तीन करोड मागेको कुरा सञ्चारमाध्यममार्फत खुलासा गरेका छन् । सोही विषयलाई लिएर रास्वपाले बुधवार विज्ञप्ति जारी गर्दै थापामाथि छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,’ जारी विज्ञप्तिको ६ नं. बुँदामा उल्लेख छ ।
साथै पार्टीका कुनै नेताले पैसाले लिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । तर श्रेष्ठले लगाएको अरोपको खण्डन गर्दै थापले पैसा मागेको विषय झुठो र कपोल्कल्पित भएको बताएका थिए ।
आरोप प्रमाणित गर्न थापाले श्रेष्ठलाई चुनौती दिएका थिए । पुष्टि हुने एउटा पनि प्रमाण देखाए पार्टीले गर्ने जुन सुकै कारबाही भोग्न आफू तयार भएको सामाजिक सञ्चालमार्फत जानकारी उनले जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण