६० किलो सुन तस्करीमा दावा पत्नी अमला रोका प्रतिवादी
काठमाडौँ । सुन तस्करीमा रोल्पा घर भएकी अमला रोकालाई प्रतिवादी कायम गरिएको छ । हङकङबाट काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
सीआईबीले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनमा १८ जनालाई फरार प्रतिवादी कायम गर्न जिल्ला सरकारी वकिल कार्यालयमा राय दिएको छ । अमला ठमेल स्थित ‘होटल भियना’को सञ्चालिका हुन् ।
तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग विवाह गरेकी अमला पतिकै कारण सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।
अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुन् । प्रहरीले १८ जना फरार र थुनामा रहेका ३२ जना मध्ये २६ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण